नेपालमा बढ्दो विषादी (Herbicide) k|of]u: सुविधा
कि भविष्यको चुनौती?
पछिल्ला केही वर्षहरूमा नेपालमा झार नियन्त्रणका लागि हर्बिसाइडको -emf/gfzs laiffbL_प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। श्रमिक अभाव, बढ्दो ज्याला र छिटो झार नियन्त्रण गर्ने उद्देश्यले किसानहरू रासायनिक झार व्यवस्थापनतर्फ आकर्षित भएका छन्।
हाल नेपालमा विभिन्न बालीमा प्रयोग हुने प्रमुख हर्बिसाइडहरूमा धान afnLdf Butachlor (जस्तै Machete), Pretilachlor (Sofit/Refit), Bispyribac-sodium, 2,4-D, Pendimethalin आदि।गहुँdf 2,4-D, Clodinafop-propargyl, Metribuzin, Sulfosulfuron आदि मकैdf Atrazine, Pendimethalin तथा खेत तयार गर्दा Glyphosate-आधारित उत्पादनहरू (जस्तै Roundup, Aandhi 71 लगायतका दर्ता भएका ब्रान्डहरू) प्रयोग हुने गरेका छन्।
तर चिन्ताको विषय के हो भनेधेरै ठाउँमा हर्बिसाइड "सिफारिस अनुसार" होइन, "अनुमानका भरमा" प्रयोग भइरहेको छ . लेबल नपढी मात्रा बढाएर प्रयोग गर्ने, एउटै हर्बिसाइड वर्षौंसम्म दोहोर्याएर प्रयोग गर्ने, गलत समयमा वा गलत बालीमा प्रयोग गर्ने, सुरक्षात्मक सामग्री (PPE) बिना छर्कने, छिमेकी बालीमा असर पर्ने गरी हावाको दिशा नहेरी स्प्रे गर्ने। यसका दीर्घकालीन प्रभावबारे पनि सोच्न आवश्यक छ।
अत्यधिक तथा अव्यवस्थित प्रयोगले: माटोको जैविक गुणस्तरमा नकारात्मक असर पर्न सक्छ,उपयोगी सूक्ष्मजीव र जैविक विविधतामा ह्रास आउन सक्छ।पानीका स्रोतहरू प्रदूषित हुन सक्छन्। समयसँगै केही झारहरूमा हर्बिसाइड प्रतिरोध विकास हुन सक्छ।प्रयोग गर्ने व्यक्तिको स्वास्थ्यमा समेत जोखिम बढ्न सक्छ, विशेष गरी सुरक्षा मापदण्ड पालना नगरिएमा बालीमा फाइटोटक्सिसिटी र उत्पादनमा गिरावट बढ्न सक्छ . दीर्घकालमा कृषि प्रणालीको दिगोपनमा चुनौती आउन सक्छ।
हर्बिसाइड पूर्ण रूपमा गलत होइन। सही मात्रा, सही समय र सही विधिबाट प्रयोग गर्दा यसले श्रम बचत र उत्पादन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। तर, यसको प्रयोग विवेकपूर्ण र कृषि प्राविधिकको सल्लाहअनुसार हुनुपर्छ।
अब समय आएको छ कि हामी Integrated Weed Management (IWM) लाई प्राथमिकता दिऔँ—जहाँ रासायनिक उपायसँगै बाली चक्र, मल्चिङ, यान्त्रिक गोडमेल, उचित बाली व्यवस्थापन र आवश्यक परे मात्र हर्बिसाइड प्रयोग गरिन्छ।
आज झार नियन्त्रणको नाममा गरिने एउटा सानो गल्तीले भोलिको माटो, वातावरण र खाद्य सुरक्षामा ठूलो मूल्य चुकाउन नपरोस्। सजिलो समाधान खोज्ने क्रममा हामीले भविष्यको उर्वर माटो र स्वस्थ वातावरण गुमाउनु हुँदैन।
Comments
Post a Comment